ताइवान भुकम्पमा परि ९ जनाको मृत्यु

चैत्र २२, २०८० | काठमाडौं
ताइवानमा गएको भुकम्पका कारण घाइते हुनेको संख्या १ हजार ३८ पुगेको छ । ५२ जना अझै बेपत्ता भएको जनाइएको छ । भुकम्पका कारण ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै तारोको राष्ट्रिय निकुञ्ज रहेको होटेलमा जाने क्रममा सम्पर्क बिहिन भएका ३८ जना कर्मचारीको खोजीकार्य जारी रहेको जनाइएको छ ।
हराइरहेकाको खोजी कार्यका लागि ड्रोन तथा हेलिकप्टर परिचालन गरिएको छ ।
खानी क्षेत्रमा अलपत्र परेका ६ जनालाई आज बिहान हेलिकप्टर मार्फत उद्धार गरिएको छ । भुकम्प गएको क्षेत्र हुलिइन शहरमा भने आजबाट रेल सेवा सुचारु ग्र्ने तयारी गरिएको छ ।
तथापी ग्रामिण इलाकामा तत्कालका लागि रेल सेवा बन्द रहने जनाइएको छ ।