दक्षिणलाई लीक्षत गर्दै उत्तर कोरियाद्वारा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार

असार १७, २०८१ | काठमाडौं

उत्तर कोरियाले दक्षिण कोरियाको भूमिलाई लक्षित गरेर दुई ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । त्यसमध्ये एउटा भने जमिनमा खसेको दक्षिण कोरियाले दाबी गरेको छ ।

अमेरिका, जापान र दक्षिण कोरियाले फ्रिडम एज नामको तीन दिने सैन्य अभ्यास गरेपश्चात बदलास्वरुप उत्तरले सो क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिका, दक्षिण कोरिया र जापानले गरेको सैन्य अभ्यासप्रति आक्रमक प्रतिक्रिया दिने भनिएको भोलीपल्ट प्योङयाङले सो क्षेप्यास्त्र प्रहार गरेको हो ।

दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार १० मिनेटको फरकमा उत्तरको दक्षिणपूर्वी शहर जांग्योनबाट क्षेप्यास्त्र प्रहार भएको हो ।

पहिलो क्षेप्यास्त्र ६ सय किलोमिटर तथा दोश्रो १ सय २० किलोमिटर दुरी सम्म प्रहार भएपनि आधिकारीक दुरी भने यकिन नभएको जनाइएको छ । 


प्रतिक्रिया