नाइजेरियाको बोर्नो राज्यका दुई स्थानमा बम विस्फोट, १८ जनाको मृत्यु

असार १६, २०८१ | काठमाडौं

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित बोर्नो राज्यका दुई स्थानमा बम विस्फोट हुंदा १८ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

 मृत्यु हुने मध्ये बालबालिका तथा गर्भवती समेत रहेको बीबीसीले जनाएको छ । दुई मध्ये एउटा विस्फोट विवाह समारोहमा भएको थियो । 

बोर्नो राज्यको आपतकालिन व्यवस्थापन एजेन्सीका अनुसार विवाह, अन्त्येष्टी समारोह तथा अस्पतालमा आक्रमण भएको जनाएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।

बोर्नो राज्य १५ वर्ष देखि बोको हराम इस्लामिक सेनाको विद्रोहको केन्द्रमा छ । सो अवधिमा २० लाख जना विस्थापित हुनुका साथै ४० हजार मारिएका छन् । बोको हरामले सन् २०१४मा बोर्नो राज्यको चिबोट शहरबाट २ सय ७० जना विद्यालयका छात्रालाई अपहरण गरेको थियो । सो घटनासंगै अन्तर्राष्ट्रियस्तरमा बोको हरामको निन्दा भएको छ ।  


प्रतिक्रिया