हतियार परीक्षणको विषयमा उत्तर र दक्षिण कोरियाबीच विवाद बढ्दै

असार १५, २०८१ | काठमाडौं

हतियार परीक्षणको विषयलाई लिएर उत्तर र दक्षिण कोरियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

उत्तर कोरियालेआफ्नो तर्फ आधुनिक मिसाइलको विकास गरेको र त्यसबारे सियोलले झूट बोलेको आरोप लगाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले मिसायल सफल प्रक्षेपण गरेको समाचार प्रकाशित गरेको थियो ।

दक्षिणले भने यसलाई छल र असफलताको संज्ञा दिएको छ । अमेरिकाले सन् १९६० मा विकास गरेको प्रकृतिको हतियार परीक्षणको नजिक पुगेको उत्तर कोरियाको दावी छ । पश्चिमा शक्ति राष्ट्रको प्रतिबन्धका बीच उत्तरले आधुनिक मिसाइल विकास गरिरहेको छ ।   


प्रतिक्रिया