राष्ट्रपतिय निर्वाचनमा पुन विजयी हुने बाइडेनको दाबी

असार १६, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा आफू पुन विजयी हुनेमा विश्वस्त रहन डेमोक्रेटिक पार्टीका चन्दा दातालाई आश्वासन दिनुभएको छ ।

बाइडेनले रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै आफूले अझै निर्वाचन जित्न सक्ने दाबी गर्नुभएको हो ।

राष्ट्रपति बाइडेनले न्यूयोर्क र न्यू जर्सीमा कोष संकलन कार्यक्रममा सहभागी भई सीएनएनको बहसमा आफ्नो प्रदर्शनको रक्षा गर्दै सो दाबी गर्नुभयो ।

बाइडेनले बिहिबार राती आफूले राम्रो बहस नगरेपनि ट्रम्पको प्रदर्शन पनि राम्रो नभएको बताउनुभयो ।

गत बिहिबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र बाइडेनबीच सिएनएन टेलिभिजनमा प्रत्यक्ष बहस भएको थियो । सो बहसमा ट्रम्प हावी भएपछि चुनावमा बाइडेन पराजित हुन सक्ने भन्दै डेमोक्रेटिकका समर्थकहरुमा चिन्ता बढेको बताइन्छ ।  


प्रतिक्रिया