गाजापट्टीमा इजरायलको नरसंहार जारी, ८७ जना बढीको मृत्यु

कार्तिक ४, २०८१ | काठमाडौं

इजरायलको सैन्य कारबाहीको नाममा गाजापट्टीमा नरसंहार जारी छ । इजरायलले गाजामा गरेको पछिल्लो हमलामा मर्नेको संख्या ८७ नाघेको छ । 

मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

इजरायलले गाजाको उत्तरी भेगस्थित बेत लाहिया सहरमा हमला गरेको थियो । गाजामा भएको पछिल्लो हमलालाई इङ्गित गर्दै संयुक्त राष्ट्रसंघका विशेष संयोजकले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताएका छन् ।

 यसैबीच लेबनानमा पनि इजरायलले हमला जारी राखेको छ । पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहको गुप्तचर मुख्यालयमा हमला गरेको छ भने उसका ३ कमाण्डर मारिएका छन् । 


प्रतिक्रिया