नेपालमा हुने गहुँ निर्यातका लागि भारतीय प्रतिबन्ध फकुवा
पुस २२, २०८१ | काठमाडौं
भारत सरकारले गहुँ निर्यातमा लगाइएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारतले नेपाललाई दुई लाख टन गहुँ निर्यातका लागि अनुमति दिएको हो ।
राजदूत शर्माले भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत नेपाललाई गहुँ दिन सहमति दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ– “भारतले गहुँ निर्यातमा प्रतिबन्ध गरेको छ। तर नेपाल सरकारको अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यातको अनुमति दिएको हो ।”
भारतले सन् २०२२ देखि गहुँ र आटाको मूल्यवृद्धि नियन्त्रण तथा खाद्य सुरक्षालाई ध्यानमा दिएर गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारले यसअघि पनि नेपाललाई कोटा तोकेर गहुँ आयातको अनुमति दिएको थियो ।