अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा ३ दशमलव ३० प्रतिशत भडा वृद्धि
पुस २२, २०८१ | काठमाडौं
सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यात्रु्वहाक तथा मालवहाक सवारी साधनको हकमा लागू हुने गरि भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघि गत वर्षको साउन ४ गते सरकारले भाडा समायोजन गरेको थियो । समायोजन भएको नयाँ भाडा अनुसार यात्रुवाहक सवारीसाधनमा ३ दशमलव ३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको हकमा ० दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि ० दशमलव ०५ प्रतिशत भाडा वृद्धि भएको छ ।
यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, सवारी साधन खरिद गरेको कर्जाको ब्याज, सञ्चालन खर्च लगायतका मूल्य वृद्धिको अध्ययन तथा विश्लेषण गरि नयाँ भाडा समायोजन गरिएको विभागले जनाएको छ । समायोजन भएको भाडादर आजैबाट लागू भएको छ ।