उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण
पुस २२, २०८१
उत्तर कोरियाले पुर्वी क्षेत्रको समुद्रमा मध्यम दुरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला उत्तरले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । प्योङयाङले दुई महिनामा पहिलो मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनालाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।
क्षेप्यास्त्र समुद्रमा खस्नु भन्दा पहिला १ हजार १ सय किलोमिटरको उचाइसम्म उडेको दाबी गर्दै दक्षिण कोरियाली सेनाले उत्तरको कदमको कडा निन्दा गरेको छ । यसैबीच, ब्लिन्केनले दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई संग–मोकसँगको भेटका क्रममा वाशिंगटन र सियोल बीचको गठबन्धन कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको आधारशिला भएको बताउनुभएको थियो ।