उत्तर कोरियाद्धारा मध्यम दुरीको क्षेप्यास्त्र परिक्षण

पुस २३, २०८१ | काठमाडौं

उत्तर कोरियाले मध्यम दुरीको क्षेप्यास्त्रको सफलता पूर्वक परिक्षण गरेको छ । उत्तर कोरियाले मध्यम दुरीमा प्रहार गर्न सक्ने हाइपरसोनिक ब्यालेष्टिक मिलाइल परीक्षण गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य मोर्चाविरुद्ध उत्तार कोरियाले व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको हो । 

क्षेप्यास्त्र परिक्षणमा सहभागी भएका उत्तर कोरियाका नेता किम जोन उनले मुलुकको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको स्थानीय संचार माध्यमलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत नोभेम्बरमा दक्षिण कोरियाको भ्रमण गरेपछि उत्तर कोरियाले पहिलो पटक मध्यम दुरीको क्षेप्यास्त्र परिक्षण गरेको हो । 

दक्षिण कोरियाको भ्रमणका क्रममा विदेशमन्त्री ब्विन्केनले अमेरिका, जपान र दक्षिण कोरियाबीच त्रिपक्षिय सैन्य रणनीतिलाई थप विकास गर्ने बताउनुभएको थियो । 


प्रतिक्रिया