कुर्दिश समूहद्वारा टर्कीमा युद्धविरामको घोषणा

फाल्गुन १७, २०८१ | काठमाडौं

टर्कीको प्रतिबन्धित कुर्दिश समूहले त्यहाँको सरकारसँग युद्ध विरामको घोषणा गरेको छ ।

 कैदमा रहेका नेता अब्दुल्ला ओकलानले आफ्नो समूहलाई युद्ध रोक्न र समूह विघटन गर्न आग्रह गरेपछि युद्धविरामको घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सो समूहले एक विज्ञप्ति जारी गर्दै टर्कीले आफ्ना नेता ओकलानलाई रिहा गर्ने आशा समेत व्यक्त गरेको छ । सन् १९९९ देखि कैदी जीवन बिताइरहेका ओकलानले रिहाइपछि कुर्दिश समूहलाई निशस्त्रीकरणको प्रक्रियामा लैजान नेतृत्व लिने बताइएको छ । 

विकसित घटनाक्रमसँगै टर्कीको दक्षिण पूर्वी क्षेत्रमा चार दशक लामो सशस्त्र संघर्ष अन्त्य हुने आशा गरिएको छ । सशस्त्र द्वन्द्वका कारण टर्कीमा हजारौँ मानिस मारिएका छन् । 


प्रतिक्रिया