म्यानमारमा गएको शक्तिशाली भूकम्पमा १ सय बढी हताहती भएको आशङ्का

चैत्र १५, २०८१ | काठमाडौं

म्यानमारको म्यान्डलेमा गएको भुकम्पमा परि एक सय जना भन्दा बढीको हताहती भएको आशङ्का गरिएको छ । ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

भूकम्पको केन्द्रबिन्दु सागाइङ शहरबाट १६ किलोमिटर उत्तर–पश्चिममा १० किलोमिटर गहिराइमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको धक्का थाइल्याण्डमा समेत महशुस गरिएको थियो । राजधानी बैंककमा एक ३० तल्ले निर्माणाधिन भवनमा कार्यरत ४३ मजदुर बेपत्ता भएका छन् । 


प्रतिक्रिया