म्यानमारमा भुकम्पमा परि मृत्यु हुनेको संख्या १७ सय पुग्यो

चैत्र १७, २०८१

म्यानमारमा गत शुक्रबार गएको भूकम्पमा परि हालसम्म एक हजार ७ सय जनाले ज्यान गुमाएका छन् । म्यानमारका सैन्य प्रमुखले ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परि सो संख्यामा हताहती भएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै छिमेकी मुलुक थाइल्याण्डको राजधानी बैंककमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

उद्धारकर्ताहरुले भग्नावशेषमुनि अझै पनि जीवित व्यक्ति फेला पारेको भन्दै म्यानमार र थाइल्याण्डमा उद्धारकार्य जारी राखेका छन् । युद्धग्रस्त म्यानमारमा, सैन्य सरकार जुन्ताले भूकम्प प्रभावित क्षेत्रहरुमा सैन्य अपरेशन स्थगित गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकार्यमा सघाउ पुर्याउन चीन, हङकङ, भारत, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, आयरल्याण्ड, दक्षिण कोरिया र न्युजिल्याण्डले आफ्ना टोली म्यानमारमा खटाएका छन् । 


प्रतिक्रिया