संयुक्त राष्ट्रसंघको आग्रह अस्विकार गर्दै गाजामा इजरायलको आक्रमण जारी

जेष्ठ ८, २०८२ | काठमाडौं
संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले यद्धविरामका लागि गरेको आग्रहलाई अस्विकार गर्दै इजरायलले गाजा क्षेत्रमा नरसंहार जारी राखेको छ ।
इजरायलले पछिल्लो पटक गरेको सैन्य आक्रमणमा परि कम्तीमा ५१ प्यालेस्टीनी सार्वसाधारणको मृत्यु भएको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आएका विदेशी कूटनीतिज्ञहरुलाई चेतावनी दिने गरि इजरायलले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघका प्रवक्ताले इजरायलले गाजामा मानवीय सहायता बोकका गाडी प्रवेश गर्न अनुमति दिएपछि सो सहायता पर्यात नभएको बताएका छन् । इजरायलले गरेको आक्रमणमा परि अहिलेसम्म कम्तीमा ५३ हजार ६ सय ५५ प्यालेस्टीनीको मृत्यु भइसकेको छ ।