युक्रेनको ड्रोन आक्रमणपछि मस्को विमानस्थलमा उडान अवरुद्ध

जेष्ठ ९, २०८२ | काठमाडौं

रुसको राजधानी मस्कोमा युक्रेनी ड्रोन आक्रमण भएपछि मस्को विमानस्थलको उडान अवरुद्ध भएको छ ।

मस्को सहरलाई लक्षित गर्दै रातभरमा ३५ युक्रेनी ड्रोनद्वारा हमला गरिएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । हवाई रक्षा प्रणालीले १ सय ५ युक्रेनी ड्रोन नष्ट गरेको र तीमध्ये ३५ मस्कोतर्फ गइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मस्कोका मेयरका अनुसार रुसले युक्रेनविरुद्ध हालसम्मकै धेरै ड्रोनमार्फत सप्ताहन्तमा आक्रमण गरेपछि युक्रेनले पनि आक्रमण गरेको हो । तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले दैनिकजसो एकअर्काविरुद्ध ड्रोन आक्रमण गर्दै आएका छन् ।

यद्यपि, मस्कोलाई भने विरलै लक्षित गरिएको थियो । हिजो राती मस्को लक्षित आक्रमण भएकै कारण धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरणले जनाएको छ ।  


प्रतिक्रिया