भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति पाकिस्तानको आपत्ति

जेष्ठ १३, २०८२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा दिएको एक अभिव्यक्तिप्रति पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले यसबारे एक औपचारिक वक्तव्य जारी गरेको छ । पाकिस्तानले वक्तव्यमा मोदीको टिप्पणीले यसअघि नै अस्थिर क्षेत्रमा खतरनाक उदाहरण कायम गरिरहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार गुजरातको भुजमा प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आतंकको रोगबाट मुक्त गर्न पाकिस्तानका जनता पनि जागरुक हुनुपर्ने बताउनु भएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले यस्ता अभिव्यक्ति संयुक्त राष्ट्रसंघको सिद्धान्त विपरीत भएको उल्लेख गरेको छ ।