नाइजेरियामा भारी वर्षापछि बाढी, १ सय ५१ जनाको मृत्यु

जेष्ठ १७, २०८२ | काठमाडौं
अफ्रिकी मुलुक नाइजेरियाको उत्तर–मध्यमा पर्ने सहरमा भारी वर्षापछि आएको बाढीमा परि कम्तीमा १ सय ५१ जनाको मृत्यु भएको छ ।
मोक्वा सहरमा बाढीका कारण ३ हजार बढी मानिस विस्थापित भएका छन् । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले राज्यलाई छिटो सहयोग गर्न राष्ट्रिय आपतकालीन प्रतिक्रिया केन्द्र सक्रिय गर्न निर्देशन दिनुभएको छ ।
बाढीले प्रभाव पारेका क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको त्यहाँका अधिकारीले बताएका छन् । लामो समयसम्म खडेरीको सामना गरिरहेका उनीहरुले जलवायु परिर्वतन र अत्यधिक वर्षाले बाढी निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।