युक्रेन खारकिभमा मध्यरातमा रुसको ड्रोन आक्रमण, ६ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०८२ | काठमाडौं

रुसले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा मध्यरातमा ड्रोन आक्रमण गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा ९ बालबालिका सहित ६४ जना घाइते भएका छन् ।

मध्यरातमा लगातार ९ मिनेटसम्म ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले गरेको आक्रमणको बदलामा सो प्रतिक्रिया दिएको रुसको भनाई छ । १७ वटा ड्रोनले ५ वटा अपार्टमेन्टमा आक्रमण गरिएको हो ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई पर्याप्त दबाब नभएका कारण आक्रमण जारी राखेको प्रतिक्रिया दिनुभएको छ । सन् २०२२ देखि जारी युद्धका कारण युक्रेनका संरचना ध्वस्त भएका छन् । ध्वस्त भएका संरचना पुननिर्माणका लागि युक्रेनको दुर्लभ खानीबाट निस्केका पदार्थ बेचबिखन पश्चात आउने रोयल्टी प्रयोग गर्नेबारे अमेरिका र युक्रेनबीच यसअघि सहमति भईसकेको छ ।


प्रतिक्रिया