एयर इन्डियाको विमान ठोक्किएको होस्टलका १९ जनाको मृत्यु

जेष्ठ ३०, २०८२ | काठमाडौं

भारतको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको विमान ठोक्किएको होस्टलका १९ जनाको मृत्यु भएको छ ।

५० जना भन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा विमान रहेका र होस्टेलका गरी मृत्यु हुनेको संख्या २ सय ६० पुगेको छ । दुर्घटनामा विमानका यात्रुमध्ये एक जना मात्र जीवित छन् । 

दुर्घटनास्थलबाट शव संकलन गरी अहमदाबादको सरकारी अस्पतालमा लगिएको छ । शवहरू पहिचान गर्न नसक्ने अवस्थामा भएको समाचारमा जनाइएको छ । जहाज उडेर उचाइ लिन नसक्दा एउटा आवासीय भवनको छतमा खसेको थियो । उडेको ३३ सेकेन्डमै जहाज दुर्घटना भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   


प्रतिक्रिया