महिलाको संख्या घट्दा चीनमा अविवाहित पुरुषको संख्या बढ्दै

असार ७, २०८२ | काठमाडौं

विश्वको दोस्रो ठूलो जनसंख्या भएको चीनमा अविवाहित पुरुषको संख्या बढ्दै गएको छ । महिलाको तुलनामा पुरुषको संख्या बढेसँगै अविवाहित पुरुषको संख्या बढेको हो ।

चीनमा महिलाको भन्दा पुरुषहरुको संख्या ३ करोड बढी पुगेको छ । चिनियाँ डेटिङ कोच हाओका अनुसार तल्लो सामाजिक वर्गका व्यक्तिलाई श्रीमती पाउन समस्या हुने गरेको छ । ९० को दशकपछि चीनमा पुरुषको संख्या बढ्न थालेको विभिन्न प्रतिवेदनले देखाएका छन् ।

आमाबाबु कामका लागि घर छोडेर शहर जानुपर्ने बाध्यताका कारण जनसंख्यामा बृद्धि हुन नसकेको ती प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चीनमा गर्भावस्थामा लिङ्ग पहिचान गर्ने प्रवृत्तिका कारण पनि सन्तुलित जनसंख्या कायम हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।  


प्रतिक्रिया