इरानमा सैन्य आक्रमण गर्ने अमेरिकाको योजना सार्वजनिक

असार ५, २०८२ | काठमाडौं

अमेरिकाले इरानमा सैन्य आक्रमणको योजना अघि सारेको छ । इरान र इजरायलबीच युद्ध जारी रहँदा विश्वले अमेरिकाको भूमिकालाई लिएर प्रश्न उठाइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सैन्य आक्रमणको तयारी गरिरहेको सार्वजनिक भएको हो ।

 राष्ट्रपति ट्रम्पले वरिष्ठ सहयोगीलाई इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको तर तेहरानले आफ्नो परमाणु कार्यक्रमबारे अन्तिम आदेश दिन रोक लगाएको समाचारमा जनाइएको छ । अमेरिकाले साताको अन्त्यमा इरानमाथि आक्रमण गर्न सक्ने बताइएको छ । अमेरिकाको सैन्य रणनीतिक सहयोगी इजरायलले इरानको सैन्य आधार शिविर, परमाणु तथा मिसाइल क्षेत्रमा बमबारी गरिरहेको छ । 


प्रतिक्रिया