रास्वपाले आज तेस्रो पार्टी स्थापना दिवस मनाउँदै

असार ७, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी स्थापनाको तेस्रो दिवस आज मनाउँदैछ । ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी रास्वापाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएसँगै रास्वपाले सभापतिको अनुपस्थितीमा स्थापना दिवस मनाउने तयारी गरेको छ । पार्टी स्थापनाको छोटो अवधिमा प्राप्त उपलब्धी र नागरिकको भारोसा कायम गर्नेगरि आगामी दिनमा सुशासन र वेथितिको विरुद्धमा थप संघर्ष गर्नु पर्ने अवस्था रहेको कार्यवहाक सभापति डोलप्रसाद अर्यालले बताउनुभयो ।

पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको भन्दै सरकारसँग रुष्ट बनेको सो पार्टीले आजदेखि प्रतिशोधका विरुद्ध हस्ताक्षर अभियान समेत सुरु गर्ने तयारी गरेको छ ।   


प्रतिक्रिया