जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ । वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल गर्न बैटक बोलाइएको सो पार्टीले जनाएको छ ।