विभिन्न चेतनामूलक कार्यक्रम गरि आज ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

असार ७, २०८२ | काठमाडौं
सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग भन्ने नारासहित आज ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । सरकारले पनि आज औपचारिक रुपमा योगको महिमा र महत्व बुझाउन देश भर योग दिवस मनाउन लागेको हो । मानिसको स्वास्थ्यका लागि मात्रै नभएर समग्र प्रकृतिको स्वास्थ्यसँग जोड्ने अभिप्रायले योग दिवस मनाउन थालिएको हो ।
योगले शारीरिक, मानसिकसँगै प्रकृतिसँग आत्मिक र सात्विक रूपले जोड्न सघाउने योग गुरुहरुको भनाई छ । पछिल्लो समय योगलाई शरीर र आत्माको मिलन गराउने अद्भुत विज्ञानका रुपमा विश्वभर स्वीकार हुन थालेको छ । दैनिक योगगर्दा अधिकांस रोगबाट मुक्तिहुने विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।
दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति रामचन्द्र पौडेलले योगको माध्यमबाट मानिसको दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै सकारात्मक सोचको विकास हुने भएकाले योग हरेकका लागि अत्यावश्यक भएको उल्लेख गर्नु भएको छ ।
उहाँले योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैलीका रुपमा अपनाउन पनि सबैलाई आग्रह गर्नु भएको छ ।