थाइल्याण्ड र कम्बोडियाबीचको तनावका कारण ५ लाख बढी नागरिक विस्थापित
मंसिर २४, २०८२ | काठमाडौं
थाइल्याण्ड र कम्बोडिया बीचको सीमा विवादपछि उत्पन्न तनाव कारण दुई देशका गरि ५ लाख बढी नागरिक विस्थापित भएका छन् ।
शताब्दी पुरानो सीमा विवादका करण भएको झडपका कारण विस्थापित भएकाहरु विद्यालय लगायतका सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका हुन् । पछिल्लो पटक भएको झडपमा परि थाई सैनिक र कम्बोडियन नागरिकसहित कम्तिमा १३ जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जेट, ट्याङ्क र ड्रोनबाट लगातार आक्रमणका घटना भएसँगै सीमावर्ती क्षेत्रका ५ लाख बढी अन्यत्र सरेका हुन् । गत जुलाईमा भएको झडप पछि यसपटक धेरै संख्यामा हताहति हुने गरि आक्रमण भएको हो । दुई देशबीच अस्थायी रुपमा युद्धविरामको सहमति भएपनि परिस्थिति सामान्य बन्न नसकेको समाचारमा जनाइएको छ ।
विवादका बीच कम्बोडियाले थाइल्याण्डमा आयोजना हुने तयारी भएको दक्षिणपूर्वी एसियाली खेलकुदबाट समेत आफ्नो नाम फिर्ता लिएको छ ।










