मदन पुरस्कारका लागि ८ वटा पुस्तक छनोट

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९ | ललितपुर


मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७८ का लागी ८ वटा पुस्तक छनोट गरेको छ । २ सय ९९ वटा पुस्तक मध्ये वर्ष उत्कृष्ट ८ पुस्तक छनोट गरिएको हो । सूचीमा डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनी किशोरको ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा छन् । यसैगरी दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमुलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती: इतिहास र मीमांसा र पद्यसुन्दर जोशीको हिति प्रणाली छनोटमा परेका छन् । सूचिमा परेका मध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिने गुठिका अध्यक्ष कुन्द दिक्षितले बताउनुभयो । 


प्रतिक्रिया