एसएसबीको दबाबमा संग्राहालयको काम रोकियो

वैशाख ३१, २०७७ | पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्वर ६ आहालमा निर्माण शुरु गरिएको संग्राहालयको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले रोकिदिएको छ । 

सिमाना भन्दा एकसय मिटर भित्र नेपाली जमिनमा निर्माण शुरु गरिएको पर्यटकीय संग्रहालय बनाउन थालिएको जग्गा भारतको जमिनमा पर्ने दाबी गर्दै एसएसबीले रोकिदिएको हो ।

डिभिजन बन कार्यालय पाँचथरबाट प्राप्त १० लाख रुपैंया बजेटबाट पाँचथरको सन्दकपुर आहाल चौरी पालन कबुलियती समूह –(क) ले बैशाख २४ गतेदेखि सो भवन निर्माण गर्न थालेको थियो । भवनको जग खन्ने काम अगाडी बढाइरहँदा २६ गते भारतीय सुरक्षाकर्मीले काम रोक्न भनेको समूहका अध्यक्ष नरबहादुर खपाङगीले जानकारी दिनुभयो ।

एसएसबीहरुले निर्माणाधिन क्षेत्र मात्रै नभएर नजिकै रहेको ५७ नम्वर जंगे पिल्लर समेत भारतकै भूमिमा रहेको दाबी सहित भवन बनाए भत्काइदिने सम्मको चुनौती दिएका थिए । 


प्रतिक्रिया