बाजुराको क्वारेन्टाइनमा एकको मृत्युु

जेष्ठ २४, २०७७ | बाजुरा

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न ७ को क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो । 

हिजो साँझ देखि खाना नखाएका उनको राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्ऽद्र रावतले बताउनुभयो । मृतक २५ बर्ष देखि भारतमा बस्दै आएका थिए । मृतकको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउन्ुभयो । 

स्वाब परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाईने र शव नेपाली सेनाले ब्यबस्थापन गर्ने गैरेको भनाई छ ।

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका वडानम्बर २ र ३ पनि सिल गरिएको छ । संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले वडा सिल गरेको हो । संक्रमित संग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । 

संक्रमितको सम्पर्कमा आएका सवैको परीक्षण नभएसम्म स्थानीयलाई हिडडुल नगर्न अनुरोध समेत गरेको प्रशासनले जनाएको छ ।  


प्रतिक्रिया