पर्सागढीका नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण

तस्बिर : रोयटर्स 

श्रावण २९, २०७७ | पर्सा

पर्साको पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई कोरोना कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौँमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख यादवले स्वयमले जानकारी दिनुभयो । यसअघि वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो ।

 थप उपचारका लागि यादव गत सोमबार हेलिकप्टर मार्फत काठमाडौँ आउनु भएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि गत शुक्रबार उहाँ वीरगञ्जको तराई अस्पतालमा भर्ना हुनु भएको थियो । चिकित्सकका अनुसार यादवलाई स्वासप्रश्वासको समस्याका साथै खकारमा रगत देखिएको थियो । दुबै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पनि कमी थियो । उहाँको धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ । नगर प्रमुख यादवले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी गराउनु भएको हो । 


प्रतिक्रिया