गठबन्धन टुटेपछि प्रधानमन्त्रीले अप्रत्याशित कदम चालेको काँग्रेसको टिप्पणी

फाल्गुन २१, २०८० | काठमाडौं

सत्ता गठबन्धन टुटेपछि नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले आफुहरुलाई अप्रत्याशित कदम चालेको टिप्पणी गरेको छ ।

 रेडियो कान्तिपुरसंँग कुरा गर्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले अप्रत्याशित र अविश्वसनीय ढंगमा गठबन्धन भत्काएको बताउनुभयो ।

काँग्रेस संसदमा पहिलो दल भएपनि तेस्रो दललाई स्थिरताका लागि सहयोग गरेकोमा आफुहरुलाई प्रधानमन्त्रीले भने धोका दिएको नेता लेखकले आरोप लगाउनुभयो । अन्य दलले सरकार बनाउन समर्थन दिने प्रस्ताव गरेपनि आफूहरुले नमानेको लेखकको भनाइ छ ।

राष्ट्रपति निर्वाचनका बेला सत्तामा फर्किएको संसदको पहिलो दल कंग्रेस एक बर्षपछि सत्ता बाहिर पुगेको छ । केन्द्रिय सरकारको गठबन्धन फेरिएपछि अब प्रदेश सरकारमा समेत परिवर्तन हुने भएको छ । 


प्रतिक्रिया