बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनामा सरकारले दोहोरो नीति लिएको काँग्रेसको आरोप

असार १३, २०८१ | काठमाडौं

प्रतिपक्षी नेपाली काँग्रेसले उत्तरी छिमेकी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) परियोजनाको बिषयमा सरकारले दोहोरो नीति लिएको टिप्पणी गरेको छ ।

बीआरआइबारे चीनसँग एउटा र अन्य देशसँग फरक कुरा गरेर सरकारले कच्चा कुटनीतिक खेल खेलेको काँग्रेसको भनाइ छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद एनपी साउदले बीआरआइबारे सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको हो ।

चीनले अघि सारेको बीआरआइमा नेपालले सम्झौता गरेको ७ वर्ष वितिसक्दा समेत कार्यन्वयन हुन सकेको छैन ।

पछिल्लो पटक नेपाल आएका चिनियाँ उपविदेशमन्त्रीको भ्रमणमा दुई देशवीच बीआरआइ कार्यन्वयन सम्झौता हुने भनिएपनि मोडालिटीमा सहमति हुन नसकेको बताइएको छ । बीआरआइ कार्यन्वयन सम्झौताबारे सरकारले प्रतिपक्षी दलसँग सम्वाद नै नगरेको सांसद साउदको भनाइ छ ।

चिनियाँ उपविदेशमन्त्री सुन बेइदोङ स्वदेश फर्किएको भोलिपल्ट प्रतिपक्षी काँग्रेसले बीआरआईको बिषयलाई संसदमा उठाएको हो । 


प्रतिक्रिया