ललितपुरस्थित लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार १६, २०८१ | काठमाडौं

वचतकर्ताको रकम ठगी गरेको आरोपमा ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई वचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान छन् ।

एसएसपी भट्टराईले लालीगुराँस सहकारीका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताउनुभयो । 


प्रतिक्रिया