पूर्वराजा शाह भुटानमा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १७, २०८१ | काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुभएको छ । शाह परिवारका केही सदस्य र सहयोगीसहित आज अपरान्ह थिम्पु पुग्नुभएको छ । पूर्वराजा शाह र भ्रमण टोलीका सदस्यलाई भुटानी राजपरिवारका सदस्यले पारो अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उहाँको भ्रमण टोलीमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगी छन् । 


पूर्वराजा शाह आगामी आइतवार स्वदेश फर्किने बताइएको छ । उहाँको सचिवालयले केही दिनअघि पूर्वराजा शाहको भ्रमण निजी भएको बताएको थियो । 


प्रतिक्रिया