बीपी राजमार्ग दशैंअघि सञ्चालन गर्न नसक्ने सरकारको दाबी

आश्विन १७, २०८१ | काठमाडौं

काठमाडौंबाट देशको पूर्वी क्षेत्र जोड्ने मुख्य राजमार्गको रुपमा रहेको बीपी राजमार्ग दशैंअघि सञ्चालनमा आउन नसक्ने सरकारले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले बीपी राजमार्गका थुप्रै ठाउँमा सडक बिग्रिएकाले पुर्ननिर्माणको काम जारी रहेपनि दशैँअघि सञ्चालनमा आउने सम्भावना नभएको बताउनुभएको हो ।

मन्त्रालयले असोज ११ र १२ गतेको भारी वर्षाका कारण ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जनाएको छ । तीमध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिनुभयो ।

क्षति भएका सडकका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ ।   


प्रतिक्रिया