सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेश

माघ २७, २०८१ | काठमाडौं

व्यापक विरोध र आलोचनामा परेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले राष्ट्रिय सभामा पेश गरेको छ ।

 संघीय संसदको माथिल्लो संसद राष्ट्रिय सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सो विधेयक पेश गर्नुभएको हो । मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनका लागि विधेयक ल्याइएको बताउनुभयो । 

सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाउन खोजिएको उहाँको भनाइ छ ।

यसैबीच, राष्ट्रिय सभा बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ ।


प्रतिक्रिया