संघीय संसद्का दुवै सदनको बैठक बस्दै

माघ २८, २०८१ | काठमाडौं

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक छलफलका लागि प्रस्तुत गर्ने र सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकलाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेका लागि बोलाइएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित मिडिया काउन्सिल विधेयक छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया