आजपनि काठमाडौंमा पानि पर्ने सम्भावना

फाल्गुन १७, २०८१ | काठमाडौं
मुलुकका अधिकांश स्थानमा आज पनि वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति देखि केही स्थानमा सुरु भएको वर्षा आज पनि काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा संभावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा वर्षा जारी छ ।
दिउँसोको समयमा काठमाडौं उपत्यका लगायत कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने अनुमान छ । यसैबीच, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका स्थानहरुमा कृषिजन्य, सडक, हवाइ तथा यातायातका क्षेत्रमा वर्षाका कारण प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । नेपालमा सामान्यतया मंसिर मध्येदेखि फागुन मध्यसम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।