संविधान कार्यन्वयनमा सरकार गम्भीर भएनः अध्यक्ष दाहाल

फाल्गुन १७, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संविधान कार्यान्वयनको पक्षमा गठबन्धन सरकार गम्भिर नभएको आरोप लगाएको छ । 

पार्टीले सुरु गरेको जनजागरण अभियानको क्रममा सिरहा पुगेका सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले संविधान संसोधन गर्ने नाममा संविधानमा भएका व्यवस्था उल्ट्याउन खोजेको आरोप लगाउनुभएको हो । खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको अधिकार सङ्कुचित पार्ने कोसिस भएको समेत बताउनुभयो ।

अर्को प्रसंगमा दाहालले गरिब, मजदुर र किसान वर्गको असली पार्टी माओवादी मात्र भएको दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारको विरुद्धमा काम गर्ने आफूहरुको योजनामा साथ दिन आग्रह समेत गर्नुभएको थियो । 


प्रतिक्रिया