मकवानपुरमा चट्याङ लागेर ३ जना घाइते

फाल्गुन १७, २०८१ | काठमाडौं
चट्याङ लागेर मकवानपुरमा तीन जना घाइते भएका छन् ।
आज दिउँसो मनहरी गाउँपालिका ६, रुपाचुरीस्थित मंगल मुक्तान घर बाहिर बसिरहेको अवस्थामा हावाहुरी सहित पानी परेको बेलामा एक्कासि चट्याङ पर्दा उनीसहित ३ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३८ वर्षीय मंगल मुक्तानलाई घाइते अवस्थामा उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ । उनको छोरा १८ वर्षका कल्सान र स्थानीय २७ वर्षकी कालिमान बल घाइते भएको प्रहरीले जनाएको छ ।