गठबन्धन सरकार आगामी चुनावसम्म रहन्छः एमाले महासचिव पोखरेल

फाल्गुन १७, २०८१ | काठमाडौं
सत्तारुढ एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससहितको गठबन्धन सरकार २०८४ को चुनावसम्म कायम रहने दाबी गर्नुभएको छ ।
सरकारको भविष्यबारे अस्थिरता चाहने शक्तिले टिप्पणी गरिरहेको भन्दै महासचिव पोखरेलले गठबन्धन कायम रहनेमा आशंका गर्नु नपर्ने बताउनुभएको हो ।
साना दलले ठूला दलमाथि शासन गर्ने प्रवृत्ति अन्त्यका लागि दुई दल एक ठाउँमा उभिएको पोखरेलको भनाइ थियो । आगामी चुनावमा कांग्रेस र एमालेले कसैसँग गठबन्धन नगर्ने उहाँको भनाइ थियो ।