थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो

फाल्गुन २०, २०८१ | काठमाडौं

काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेसँगै सडक अवरुद्ध भएको छ । पाइप फुट्दा थापाथाली चोकदेखि प्रसूति अस्पताल जाने सहायक सडकमा खाल्डो परेको हो । 

पाइप फुटेपछि सो स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ । पाइप फुटेर अत्यधिक पानी बग्दा छेउछाउका केही घर र पसल जलमग्न भएका छन् । 

बिहानदेखि नै महानगरपालिकाका कमर्चारी आएर डोजरको सहयोगमा सडकको सरसफाइ र पाइप मर्मतको काम गरिरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो ।

गत माघ ३० गते पनि बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको थियो । पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालय डुबानमा परेका थिए ।


प्रतिक्रिया