प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल

वैशाख २१, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा द्धन्द्धपीडितको आग्रहका बारेमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सुनाउनु भएको थियो ।
छलफलमा सहभागि माओवादी नेता वर्षमान पुनले सत्यनिरुपण आयोगका विषयमा पीडित पक्ष र विभिन्न सरोकारवाला पक्षले उठाएका विषयमा छलफल भएको बताउनुभयो । सो विषयमा सरकार सकारात्मक रुपले अघि बढेको पनि उहाँको भनाई थियो ।