ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभरको उद्घाटन गरिदैं

असार ६, २०८२
ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभरको आज उद्घाटन गरिदैछ । मुलुककै पहिलो फ्लाइ ओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो उद्घाटन गर्न लाग्नु भएको हो । संसदको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको नेतृत्वको टोलीले हिजो स्थलगत अवलोकन गरि सर्वसाधारणका लागि फ्लाई ओभर आजदेखि खुल्ला गर्ने निष्कर्षमा पुगेको हो ।
पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’निर्माणको लागत सम्झौता भन्दा १४ करोड महँगो भएको छ । १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएपनि निर्माणको समय लम्बिएका कारण ३१ करोड ४६ लाख बढी खर्च भएको सडक विभागले जनाएको छ । ग्वार्को ओभरपासको लम्बाइ ५७६ दशमलव २ मिटर छ । ‘फ्लाई ओभर’सञ्चालनमा आएपछि ग्वार्को चोकमा हुने ट्राफिक जामको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।