भिजिट भिसा प्रकरणः प्रतिनिधिसभामा रास्वपा र राप्रपाको आजपनि विरोध

असार ५, २०८२ | काठमाडौं

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी रास्वपा र राप्रपाले आजपनि प्रतिनिधिसभामा विरोध जनाएका छन् । रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर विरोध गरेका थिए भने राप्रपाले बैठक बहिष्कार ग¥यो । आफूहरुको मागलाई वेवास्ता गरिएको भन्दै रास्वपाका सांसद हरि ढकालले आन्दोलन जारी रहेको बताउनुभयो । भिजिट भिसा प्रकरणबारे उठेका विषयमा गृहमन्त्री रमेश लेखकले स्पष्ट जवाफ नदिएको ढकालले बताउनुभयो ।

अर्को विपक्षी दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा छानविन समिति नबनेसम्म आफूहरुको विरोध कायम रहने बताउनुभयो ।

विपक्षीको विरोध र बहिष्कार भएपनि सभामुख देवराज घिमिरेले आज पनि संसद बैठकलाई निरन्तरता दिनुभयो । बैठकमा विनियोजन विधेयकको विभिन्न शीर्षकमा सांसदहरुले धारणा राखेका थिए भने नागरिकता विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश भएको थियो । 


प्रतिक्रिया