रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

भाद्र ११, २०८२ | रौतहट

रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ । आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएपछि घाइते भएका पासवानको उपचारका क्रममा मृत्यु भएको हो । रुबीको हत्यापछि पासवान फरार भएका थिए । 

रुबीको हत्या गरी फरार माधोपुरका भएका पासवान आज विहान आत्महत्याको प्रयास गरेको अवस्थामा फेला परेका थिए । शरिरमा आगो लगाएर अनुहार लगायत भाग जलेर गम्भिर घाइते भएका पासवानको उपचारको क्रममा किर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए । 


प्रतिक्रिया