पाल्पामा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु

चैत्र ८, २०८२ | पाल्पा

पाल्पामा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार, चालक जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका ४ सिद्दारा बस्ने २६ वर्षिय चिन्ता बहादुर सुनार, अर्घाखाँची सितगंगा न.पा. ४ सिद्दाराकै २६ वर्षिय सुनिल बि.क, रुपन्देही देवदह नगरपालिका २ खैरेनीका २६ को सुनिल नेपाली र पाल्पाको तानसेन नगरपालिका १० का ३३ वर्षीय राजन चिदी रहेका छन् । 

तीन जनाको घटनास्थलमै र चिदीको उपचारको लागि भैरहवा मेडीकल कलेज रुपन्देहीमा रिफर गरिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । 

गएराती माथागढी गाउँपालिका–४, झडेवाबाट वडा नम्बर ७ कै रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिप्परमा सवार चालकसहित चार जना थिए । 

टिपर दुर्घटनापछि घाइते भएका सबैलाई उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याइएकामा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाग्रस्त टिपर सडकदेखि ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया