अस्पताल अब सधैं उज्यालो

असार १८, २०७३ | बझाङ

एक साता देखी विद्युत अवरुद्व भई अँध्यारो बनेको जिल्ला अस्पताल बझाङमा ठूलो क्षमताको सौर्य उर्जा जडान गरिएको छ । गत साता कान्तिपुरमा समाचार प्रकाशित भए लगतै बैकल्पिक उर्जा प्रर्बधन केन्द्रले अस्पतालका सम्पुर्ण सेवा संचालन गर्न पुग्ने ठुलो क्षमताको सौर्य उर्जा जडान गरिदिएको हो ।

जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका लागी पर्याप्त विद्युत उत्पादन गर्न सक्ने ३ हजार वाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ । भोलिवाट संचालनमा आउने सौर्य प्रणालीले अस्पतालका महत्वपूर्ण सेवा संचालन गर्न समस्या नहुने जिल्ला अस्पताल प्रमुख डाक्टर विण्णु खतिवडाले बताउनुभयो ।   

 


प्रतिक्रिया