बाढी र डुबान क्षेत्रमा धमाधम राहत र शिविर

रेडियो कान्तिपुर संवाददाता

श्रावण ८, २०७६ | रौतहट

- असारको अन्तिम साता परेको वर्षापछि आएको बाढी र डुबानबाट विस्थापित परिवारका लागि विभिन्न संघ सस्थाहरुले रौतहटमा निशुल्क स्वास्थ्य शिविर र राहत वितरण गरिरहेका छन् । सरकारीको अलवा विभिन्न संघ संस्थाहरु राहत र शिविर लिएर प्रभावित गाउँ छिरेका छन् । पिडितलाई राहत र उनीहरुको स्वास्थ्य जाँच गरिरहेका छन् ।  

उता बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको धनुषाको सुदुर पूर्वी गाउँका बासिन्दालाई राहत पुर्‍याउन कठिन भएको छ । बाढीले कमला नगरपालिका र जनक नन्दनी गाउँपालिका तर्फ जाने सडक, पूल, कल्भर्ट भत्किएपछि बाढीपीडितलाई राहत वितरण गर्न भारतको बाटो हुँदै जानुपर्ने अवस्था छ । 


प्रतिक्रिया