के कंग्रेस, एमाले र माओवादीले आगामी चुनाव एक्लै प्रतिस्पर्धा गर्लान् ?

भाद्र २७, २०८१ | काठमाडौं


गत निर्वाचनमा वामपन्थी दलसँग चुनावी गठबन्धन गर्दै पहिलो पार्टी बनेको नेपाली कंग्रेसले महासमिति हुँदै अघिल्लो साता सम्पन्न केन्द्रिय कार्यसमितिसम्म आइपुग्दा आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको छ । चुनावी गठबन्धनको सन्दर्भमा पार्टीभित्र फरक मत प्रकट भएपनि कंग्रेसले आगामी निर्वाचन भने गठबन्धनविना नै लड्ने नीति लिएको हो । कंग्रेसको सो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अन्य दुई दल एमाले र माओवादीले समेत २०८४ को निर्वाचन एक्लै प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । आवधिक निर्वाचन आउन तीन बर्ष अगाडी नै चुनावी गठबन्धन नगर्ने धारणा दलहरुबाट प्रकट भएका हुन् । तर के अहिले भनेजस्तै आगामी चुनावमा कसैसँग नमिली ती दल प्रतिस्पर्धा जाने आँट गर्न सक्छन् ? भन्ने सवाल उठिरहेको छ ।

संवैधानिक व्यवस्थाले परिकल्पना गरेको आवधिक निर्वाचन आउन अझै ३ वर्ष बढी समय बाँकी छ । तर संसदमा प्रतिनिधित्व गर्ने ठूूला दल कंग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दल आगामी निर्वाचनबाट निर्णायक शक्ति बनाउने बताइरहेका छन् । विगतका निर्वाचनमा गठबन्धन गरेर ठूूलो पार्टी बन्ने अभ्यासगरेका दलहरुले एक्लै चुनाव लड्ने दावी गरिएको छ । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका राजनीतिक दलहरुले अब २०८४ को निर्वाचनमा भने एक्लाएक्लै चुनाव लड्ने र बहुुमत ल्याउने घोषणा गरिरहेका हुन् । तर मुख्य दलहरुको यो रणनीति आगामी निर्वाचनसम्म टिक्छ या टिक्दैन ? भन्ने लगायतका सवाल यतिबेला राजनीतिक वृत्तमा मुुखरित भएको छ । 

सत्तारुढ दल एवम् प्रतिनिधिसभाको सबैभन्दा ठूूलो दल नेपाली कंग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिले आगामी निर्वाचनमा एक्लै लड्ने निर्णय लिएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्दै पहिलो दल बनेको कंग्रेस संसदमा ८९ सिटसहित प्रतिनिधित्व गरिरहेको छ । तर चुनावी गठजोडबाट पहिलो दल बनेपनि सुुरुमा सत्ताको नेतृत्व गर्न चुुकेपछि कंग्रेसमा नेता, कार्यकर्ताहरुले एक्लो प्रतिस्पर्धाबाट ठूूलो दल बनाउन दबाब बढाएका थिए । त्यसो त महासमिति बैठकमा गठबन्धन गर्ने वा नगर्ने विषयमा लामो समय छलफल चल्दा तत्कालिन माओवादी र कंग्रेसबीचको सत्तासमीकरणमा दरार उत्पन्न भएको विश्लेषण समेत भएका थिए । 

माओवादीसंँगको सत्तासहकार्य लामो समय नटिकेपनि पछि एमालेसँंग सत्ता सहकार्य गरेको कंग्रेसले तीन वर्षपछि चुनावी गठजोड नगर्ने अठोट लिएको छ । कंग्रेसका नेताहरुले चुुनावअघि गर्ने गठबन्धनको संस्कृति असफल भइसकेको दाबी समेत गरेका छन् । ‘कंग्रेस आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने ढंगले अगाडी बढ्छ,–महामन्त्री विश्वप्रकाश शर्माले भने,’ ‘हामी एक्लै लड्छौ, यसको अर्थ हामी कसैसंँग गठबन्धन नगर्ने र गठबन्धन गरेर चुनाव लड्ने संस्कृति चाही गलत पुष्टि भइसकेको छ है अनुभवबाट भनेर अरुलाई भनेर जाने ।’

सरकारको नेतृत्व एवम् संसदको दोस्रो ठुुलो दल नेकपा एमाले पनि आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने गरि गृहकार्य अघि बढाएको छ । चुुनावी गठबन्धन नगर्ने कंग्रेस नीतिलाई समर्थन जनाउँदै एमाले कंग्रेससँंगको सत्ता सहकार्यलाई २०८४ सम्म टिकाएर एक्लै चुनाव लड्ने रणनीति बनाएको छ । त्यसका लागि वार्षिक कार्ययोजना समेत बनाएको एमालेले तीनै तहका निर्वाचनमा एक्लै लड्ने गरि पोलिटव्यूरो सदस्यहरुलाई निर्देशन दिएको छ । गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसंँग केही स्थानमा चुनावी तालमेल गर्दै दोस्रो दल बनेको एमाले प्रतिनिधिसभामा ७९ सिटसहित प्रतिनिधित्व गरिरहेको छ । 

चुनावी परिणामबाट खासै सन्तुुष्ट नभएको एमाले यसअघि मिसन ग्रासरुट, मध्यपहाडी लोकमार्ग कार्यक्रमार्फत् जनतामाझ पुगेको थियो । निर्णायक बलियो राष्ट्रिय शक्ति नबन्दा स्वतन्त्रतापूर्वक पार्टी नीति लागुु हुन नसकेको बुुझाइ एमालेको छ । एक्लै सरकारको नेतृत्व सम्हाल्नका लागि निर्णायक राष्ट्रिय शक्ति निर्माण आवश्यक भएको एमालें स्थायी समिति सदस्य राजेन्द्र गौतमले बताए । गौतमले भने, ‘निर्णायक शक्ति भनेको सरकार चलाउनका लागि बहुमत प्राप्त गर्न शक्ति आर्जन गर्ने कुरालाई हामीले निर्णायक भनेका हौ ।’

क्ंग्रेस र एमालेले चुनावी गठबन्धन नगर्ने नीति लिने भएपछि प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि सोही रणनीती बनाएर प्रदेश स्तरीय परामर्श बैठकबाट नेता, कार्यकर्ताहरुलाई सोहीअनुसारको निर्देशन दिइएको छ । पार्टीका नियमित बैठकहरुमा समेत छलफल चलाउँदै माओवादी केन्द्र एक्लै चुनावमा होमिने तयारी गरिरहेको छ । बलियो संगठन रहेको काँग्रेससंग चुनावी गठबन्धन गर्दा समेत अपेक्षित मत ल्याउन नसक्दा माओवादी प्रतिनिधिसभामा ३२ सिटसहित तेस्रो दलमा खुम्चिएको छ । भलै तेस्रो दल भएपनि संसदीय अंकगणितको फाइदा उठाउँदै सरकारको नेतृत्व गरेर प्रतिपक्षीमा पुुग्दा पार्टी आगामी निर्वाचनको पुर्वतयारीमा जुटेको हो । एक कार्यक्रमकाबीच माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले ठूला दललाई चुनौती दिदै आगामी निर्वाचनमा पहिलो दल बन्ने गरि काम गर्ने प्रतिवद्धता जनाएका थिए । ‘अर्को पटक हामीले काँग्रेस र एमालेलाई चुनौती दिनु छ, अध्यक्ष दाहालले भने, ‘म तपाईहरुलाई अपिल गर्छु विल्कुल हामी आत्मविश्वासका साथ जनताको घरमा गयौं भने अर्कोपटक हामी २०६४ जस्तै नेपालको पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनै पर्छ ।’

कंग्रेस, एमाले, माओवादीसहितका दलहरु चुनावी गठबन्धनको अभ्यास गर्दै आएपनि संसदको चौथो शक्ति रास्वपा भने अघिल्लो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेको थियो । पछिल्ला निर्वाचनहरुमा कुनै न कुनै दलसंग चुनावी गठबन्धन गरेका कंग्रेस, एमाले, माओवादी केन्द्रले आगामी निर्वाचनमा गठबन्धन नगर्ने नीति लिएपनि यसमा संशय रहेको कतिपय विश्लेषकको तर्क छ । यद्यपी चुनावी गठबन्धन नगर्ने नीति सकारात्मक भएपनि आलोचनाबाट जोगिन दलहरुले चुनावी गठबन्धन नगर्ने रणनीति बनाएको हुन सक्ने विश्लेषक केशव दाहालको बुुझाइ छ । ‘चुनाव रणनीतिक विषय हो । चुनावमा दलहरुले लिएका नीति कार्यान्वयन गर्नमा आशंका छ, दाहालले भने,‘दलहरुले जे बताइरहेका छन् । त्यो पनि ३ वर्षअगाडी । त्यो चाही सार्वजनिक रुपमा भइरहेका आलोचनाको सम्बोधन मात्रै हो । यो दिगो हुन्छ भन्ने मलाई लाग्दैन ।’

राजनीतिक दलका निर्णय र नेताहरुका बोली तथा व्यवहारमा परिवर्तन नआएसम्म दलहरुले घोषणा गरेको गठबन्धन नगर्ने नीति कहिलेसम्म रहन्छ ? त्यो भने २०८४ सम्म कुर्नुपर्ने हुन्छ । तथापी संसदमा बलियो उपस्थिति र पहिलो दल बन्ने होडबाजीमा विगतको अभ्यासलाई दलहरुले निरन्तरता नदेलान् भनिहाल्न नमिल्ने बुुझाइ समेत कतिपयको छ । अर्कोतर्फ अस्थिर राजनीतिको चपेटामा परेको मुुलुकमा जनताले वैकल्पिक शक्तिको खोजी गरिरहेको सन्दर्भ बुुझेका दलहरुले आफ्नो नीतिमा प्रतिवद्ध रहन्छन् भनेर भनिहाल्ने अवस्था बनिसकेको छैन । 


प्रतिक्रिया