कपिलवस्तुमा ४ सय ८८ जनाको आरडीटी रिपोर्ट नेगेटिभ

वैशाख ३, २०७७ | कपिलवस्तु

जिल्लामा ५ दिन यता र्‍यापिड डाग्नोस्टिक टेस्ट आरडीटीबाट गरिएको परीक्षणमा सबै नतिजा नेगेटिभ आएको छ । भारत लगायत विदेशबाट आएका ४ सय ८८ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । बुधबार जिल्लाका ४ पालिकाका ९४ जनाको परीक्षण गरिएको थियो । गत शनिबारबाट परीक्षण सुरु भएको थियो । 

शनिबार १८ र आईतबार १ सय १५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यस्तै, सोमबार १ सय २४ र मंगलबार १ सय ३७ जनाको जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । सबैको परीक्षण नेगेटिभ आएको उहाँले बताउनुभयो ।

प्रदेश ५ सरकारको स्वास्थ्य निेर्देशनालयले ७ सय थान कोभिड र्‍यापिड डाग्नोस्टिक कटि जिल्लामा पठाएको थियो । गत शुक्रबार परीक्षणका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीलाई तालिम दिईएको थियो । एक पालिकाबाट २ प्राविधक खटिएका छन् । 

१० पालिकाको क्वारेण्टाइनमा हाल २ सय १९ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले बताउनुभयो । १४ दिनसम्म क्यारेन्टाईन बसेर र परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ रहेका ६ सय ९५ डिस्चार्ज भएका छन् । 


प्रतिक्रिया